९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पेटमा बोसो लागेर हैरान हुनुहुन्छ ? यसो गर्नुस



एजेन्सी ।
यहाँ यस्ता खानेकुराको सूची दिइएको छ, जसले तपाईको बोसो घटाउन मद्दत गर्छ र शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । शरीरलाई तन्दुरुस्त राख्न चाहनुहुन्छ भने आउँदो दिनमा यस्ता खानेकुरालाई आफ्नो किनमेलको सूचीमा अवश्य समावेश गर्नुहोस् ।
मौसम
भिटामिन ‘सी’ ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठूलो सहयोग पु¥याँउछ र बोसो घटाउन पनि सहयोग गर्दछ । देनिक ब्रेकफास्टमा वा खाना खानुभन्दा अघि आधा मौसमात्र खाएमा पनि धेरै खाना खानबाट जोगिन सकिन्छ ।
कालो मरिच
कालो मरिचमा हुने पेपराइन भन्ने पदार्थले तपाईको शरीरमा रहने बोसो बनाउने कोष घटाउन सहयोग गर्ने गर्दछ । कालो मरिचले पनि पाचन प्रक्रियामा सहयोग गर्दछ ।
दालचिनी
दालचिनीले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग गर्दछ । चिया वा कफि आदिमा राखेर पनि यसलाई खान सकिन्छ ।
अण्डा
अण्डाको राम्रो पक्ष भनेको यसमा कम क्यालोरी हुन्छ र ७ ग्राम प्रोटिन पनि हुने गर्दछ । त्यसका साथै यसमा अन्य धेरै गुण पनि रहेको हुन्छ । विभिन्न अध्ययनहरुले यो कुरा देखाएको छ कि ब्रेकफास्टमा एउटा अण्डा खाने गर्नाले दिनमा अरु खानेकुरा कम खाने गरिन्छ । यधपि अण्डाको पहेंलो भागमा भने धेरै कोलोस्ट्रोल हुन्छ ।
स्याउ (लगायत अन्य फलफूल)
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने फलफूललाई आफ्नो साथी बनाउनुहोस् किनभने यिनीहरुमा धेरै गुण हुने गर्दछ र जिब्रोको स्वादलाई पनि सन्तुष्टि प्रदान गर्दछ । बाहिरी पत्रसँगै खाक्ष्ने स्याउमा धेरै फाइबर र पानी हुन्छ र तपाईको भोकलाई पनि शान्त राख्दछ ।
ग्रीन टि
ग्रीन टिमा हुने फाइटोकेमिकल केटाचिन्सले शरीरको मेटाबोलिज्म स्वस्थ राख्ज सहयोग गर्दछ । तातो ग्रीन टिको सेवन गर्नाले यसबाट थप फाइदा लिन सकिन्छ । अझ त्यसमा मह र कागती राख्नाले चियालाई थप स्वादिष्ट बनाँउछ ।
नीलो बयर
इदि तपाई नीलो बयरलाई प्यान केक वा अन्य केकमा राखेर खाँदै हुनुहुनछ भने तपाई यसको गलत तरिकाले सेवन गर्दै हुनुहुन्छ । यो बयरमा नपग्लने फाइबर, एन्टिअक्सिडेन्ट उच्च मात्रामा हुने, मात्र होइन कि स्वादिलो पनि हुन्छ र आधा कपमा केवल ४० क्यालोरी मात्र हुने गर्दछ ।
बदाम (एलमोन्ड बदाम)
सबै बदामहरुले बोसो घटाउन मद्दत गर्छ तरपनि एलमोन्डले शरीरको लागि थप स्वस्थकर हुन्छ । यसमा प्रशस्त प्रोटिन, प्राइबर र मुटुलाई फाइदा पु¥याउने तेल हुने गर्दछ ।
तरकारी
यदि तपाई तरकारीको सेवनबिना तौल वा बोसो घटाँउछु भनेर सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । तरकारी धेरै थरीको पोषण र फाइबरले भरीपूर्ण हुने गर्दछ जसले तपाईको पेट टन्न राख्न सघाउ पु¥याँउछ ।
कफि
हो, संसारको सबैभन्दा बढी खपत हुने पेयपदार्थ पनि यो सूचीमा सामेल छ । अध्ययनका अनुसार कफिले पनि मेटाबोलिज्म चुस्त राख्न सघाउ पु¥याँउछ । तर यो त्यस्तो अवस्थामा हुन्छ, जब तपाई कफिमा केही अरु चीजजस्तै चिनी अथवा क्रिम राख्नुहुन्न । त यो कुरा पनि याद राख्नुहाृेस् कि अत्यधिक कफि सेवन पनि स्वस्थ्यबद्र्घक मानिँदैन । तसर्थ कफि दिनको १–३ कपमा सीमित राख्नुहोस् ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  २ : ४२ बजे