खस्यौली ।
आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५÷०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको बताउनुभयो ।
“पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, पशु स्वास्थ्यमा सक्षमता, विभिन्न तालीम र बजारीकरणमार्फत प्रदेशलाई पशुजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । चार लाख नौ हजार ४३४ लिटर दूध उत्पादनको आवश्यक्ता रहेको यो प्रदेशमा अहिले तीन लाख ३१ हजार ३९२ लिटर दूध उत्पादन भइरहेको छ । अपुग भएको दूध आर्थिक वर्ष २०७५÷०७६ मा २० हजार लिटर र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिने छ । (रासस)
प्रतिक्रिया