मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस वाणगंगा बुंचीमा विहीबार देखि खेलकुद सप्ताह सुरु भएको छ । अतिरिक्त क्रियाकलापबाट विद्यार्थीलाई स्वस्थ राख्न भन्दै सिद्धार्थ क्याम्पस स्वतन्त्र विद्याथी्र्र युनियनले कार्यक्रम आयोजना गरेको हो । सप्ताहको पहिलो दिन विहीबार ४ खेल भएका छन् ।
जस अनुसार पहिलो दौड प्रतियोगितामा छात्र तर्फ ओमकार मल्ल र छात्रा तर्फ रविना चौधरी विजेता बन्नु भएको छ भने आजै कबड्डी र भलिवल प्रतियोगिता पनि गरिएको थियो । खेलकुद सप्ताह अन्तरगत शुक्रबार पनि विभिन्न खेलहरु हुने छन् ।
कार्यक्रम वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्या भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले स्ववियुले गरेको यस कार्यक्रम सरहानीय भएको बताउनुभयो ।
कार्यक्रम खेल संयोजक हरि ढुंगानाका अध्यक्षता, क्याम्पस प्रमुख बालाराम ज्ञवालीको विशिष्ट आतिथ्यमा भएको हो भने क्याम्पसका अन्य प्रध्यापक, विद्यार्थी लगायतको आतिथ्यता रहेको थियो ।
१७ माघ २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया