२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

समृद्ध गाउँपालिका निर्माणमा कटिबद्ध छु : अध्यक्ष थापा



मायादेवी अनलाइन, चन्द्रौटा ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले आफु समृद्ध गाउँपालिका निर्माणमा लागेको बताउनुभएको छ । विकास निर्माणमा तीव्र गतिले काम गर्नुभएका अध्यक्ष थापाले विकासको अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गर्नुभएको छ । विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको संयोजनमा भएको कार्यक्रममा सर्वसाधारण जनताले सोधेको प्रश्नको जवाफ दिदै गाउँपालिकाको काम कारवाहिलाई पारदर्शी रुपमा जनता समक्ष राख्न सार्वजनिक सुनुवाई गरिरहने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख लक्ष्मी चौधरीले गाउँपालिकामा रहेको न्यायिक समितिमा यस आर्थिक बर्षको पुष मसान्त सम्म ८४ वटा उजुरी परेको जानकारी गराउदै हाल सम्म २८ वटा मेलमिलाप भएको बताउनुभयो । साथै ५ वटा मुद्धा कारबाहीबाट टुङ्ग्गाइएको उहाले बताउनुभयो । न्यायिक समितिमा उजुरी परे पछि पनि छलफलका लागि दुबै पक्ष नआउदा मेलमिलापमा लामो समय लाग्ने गरेको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा स्थानीयले भौतिक पुर्वाधार, विकास निर्माण, स्वास्थ्य, सिंचाई, पशु सेवा, कृषि सेवा लगायतका बारेमा आफ्नो जिज्ञासा राखेका थिए । गाउँपालिकाको आन्तरिक आय तर्फ पुष मसान्त सम्म विभिन्न शिर्षकमा गरी कुल ३८ लाख राजश्व संकलन भई सकेको प्रमुुख प्रशासकीय अधिकृत चौधरीले जनाउनुभयो ।
आवको आन्तरिक राजश्व संकलन लक्ष्य २ करोड ३० लाख रहेको बताउदै स्थानीय नदीजन्य पदार्थको निकासी खुलेपछि लक्ष्यमा पुग्न सकिने समेत चौधरीले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष विषयगत शाखाका प्रमुखहरुले जवादेहिताको आसनबाट जवाफ दिएका थिए ।
पत्रकार महासंघ कपिलवस्तु शाखा कोषाध्यक्ष दिपक खड्कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार रामप्रघट कोरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  १ : ३५ बजे