३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेविसघं गुल्मीमा चुनावी रौनक



शिवलाल सुवेदी, गुल्मी ।
नेपाली कांग्रेस निकट विद्यार्थी सघं नेपाल विद्यार्थी सघं गुल्मीको चुनावी रौनक बढेको छ । निर्वाचनको मिती नजिकिए संगै विद्यार्थी सघं गुल्मीको चुनावी सरगर्मी बढ्न थालेको हो ।
आगामी २५ र २६ गते जिल्लाको सदरमुकाम तम्घासमा हुन लागेको १२ औं जिल्ला अधिवेशनमा अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्य पदमा उम्मेदवारका आकाक्षीहरुले आफ्नो उम्मेदवारको प्रचार–प्रसार गर्न थालेपछि चुनावी रौनक बढीरहेको छ । नेपाल विद्यार्थी संघले जिल्लाका ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ भने रुरु गाउँपालिकामा छिट्टै सम्पन्न गर्ने झविन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार १२ वटा स्थानीय तहका १ सय २० बिद्यालयवाट र अन्य गरि ४ सयभन्दा बढी प्रतिनिधी अधिबेशनमा सहभागी हुने बताए । अधिबेशनको मिती नजिकिदै गर्दा सभापतिका लागि आधा दर्जनबढी विद्यार्थी नेताहरु आकाक्षी देखिएका छन । सभापतिका लागि कार्यवाहक सभापति समेत रहेका झविन्द्र पाण्डे सहित विद्यार्थीनेताहरु धर्मराज पाण्डे, तोमलाल पन्थी,प्रकाश भुसाल, रामजी पन्थी, कमल भण्डारी र ऋषि रानाको नाम चर्चामा छ । सभापतिका आकाक्षीहरुले सकेसम्म आफ्नो पक्षमा सहमती जुटाउन लागिरहेका छन भने केहीले चुनावी प्रचार–प्रसार समेत गर्न थालेका छन ।
आफुले लामो समयसम्म जिल्लाको विद्यार्थी राजनितीमा योगदान गरेको भन्दै यस पटक आफुले सभापति पाउनुपर्ने दावी झविन्द्र पाण्डेले गदै आएका छन । २०६४ सालमा रेसुङ्गा मावि.को इकाई अध्यक्ष हुदै २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा रेसुङ्गा बहुमुखी क्याम्पसमा सदस्य पदमा निर्वाचीत हुदै हाल नेवि संघको उपसभापति भएकाले पनि सभापति आफु बन्ने पाण्डेले बताए ।
म उपसभापति हुदाँ जिल्लामा विद्यार्थी सघंको सगंठन निमार्णदेखि पाटीको राजनितीमा पनि काम गरिरहेको छु झविन्द्रले भने“ मेरो पक्षमा सहमती निमार्ण हुन्छ भन्ने मलाई लागेको छ ।” उनीजस्तै अर्का सभापतिका आकाक्षी धर्मराज पाण्डेले पनि यस पटक आफुले सभापति पाउनुपर्ने माग राख्दै आएका छन । रेसुङ्गा वहुमुखी क्याम्पसको पूर्व इकाई सभापति समेत भएर काम गरे धर्मराजले भने“ अघिल्लो अधिबेशनमा समेत सभापतिको उम्मेदवार भएकाले अहिले सभापतिमा मेरो विकल्प छैन ।” उनका अनुसार पनि सभापतिमा आफ्को सहमती खोज्र्ने तर सहमती नभए निर्वाचनवाट पनि आफु सभापति बन्ने आधार निमार्ण भएको दावी उनले गरे ।
नेपाल विद्यार्थी संघको ११ औं जिल्ला अधिवेशनको निर्वाचनमा प्रतिनिधिहरुको ८० प्रतिशत मत प्राप्त गरी ने.वि.संघमा देखिएका पन्थी २०७३ सालमा स्वतन्त्र विद्यार्थी युनिय रेसुङ्गा वहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिमा पराजित हुन पुगेकाले जिल्लाको सभापति आफुले पाउनुपर्ने बताए । म सगंठन निमार्णदेखि पाटीको अन्य काममा समेत लागिरहेको छु उनले भने“ निर्वाचनमा मेरो पक्षमा वहुमत आउछ ।” ११ वटा स्थानीय तहमा सम्पन्न अधिबेशनवाट निर्वाचित भएका अधिकाशं प्रतिनिधीहरुले आफुलाई सभापति बन्नका लागि दवाव दिएकाले पनि आफु सभापतिको उम्मेदवार भएको बताए ।
सभापतिसंगै सचिव पदमा सिजन राना र रोशनसिहं ठकुरीको नाम चर्चामा आएको छ । विद्यार्थीहरुमाझ उत्तिकै लोकप्रिय रहेका राना र ठकुरी विच निर्वाचन हुदाँ कस्ले वाजी मार्ने भनेर आकंलन गर्न नसकिने विद्यार्थी नेताहरुको भनाई रहेको छ । आधा दर्जन विद्यार्थी नेताहरु सभापतिका आकाक्षी देखिएकाले अहिले नै नेतृत्व कसको पोल्टामा पर्छ भन्ने अनुमान लगाउन नसकिने केन्द्रिय सदस्य समेत रहेका निर्वतमान सभापति शुर्दसन खनालले बताए ।
हामी नेपाल विद्यार्थी सघं गुल्मीको अधिबेशनवाट चयन हुने नेतृत्व सहित अन्य पदहरुमा अन्तिम समयसम्म सहमती प्रयास जारी राख्छौ खनालले भने“सहमती नभए निर्वाचन प्रक्रृया छदै छ हेरौ ।” उनका अनुसार आकाक्षीहरु अहिले धेरै देखिएपनि निर्वाचनमा जाने समयमा २ भन्दा बढी नहुने बताए । १२ औं जिल्ला अधिवेशनमा केन्द्रिय प्रतिनिधीको रुपमा केन्द्रिय सदस्य सुवास कठयात खटिएका छन भने काग्रेसका जिल्ला नेताहरुदेखि केन्द्रिय नेताहरुको समेत उपस्थिती रहने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  २ : ५८ बजे