३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

यस्तो छ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला



काठमाडौं ।
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसनले रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ ।
डीपीआर तयार भएको २ बर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । रंगशालाको डीपीआर ६ महिनाभित्र तयार हुने बताइएको छ ।
२० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ ।
रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमी सहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्वीमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ । रंगशाला जनताको सहयोग चन्दा संकलन गरेर निर्माण गरिने फाउन्डेसनले जनाएको छ ।
यस रंगशाला बनाउन एस ट्राभल्सले सर्वाधिक ३ करोड, अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख र मुक्तिनाथ विकास बैकले ५ लाख दिने घोषणा गरेको समेत छ ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ५ : २० बजे