३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्काईलार्क बोर्डिङमा खेलकुद सप्ताह सुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारी स्थित स्काईलार्क ईंलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यालयको बार्षिक कार्यक्रम अनुसार शहीद दिवसको अवसरमा पारी स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगिता सुरु गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्यालले खेलकुदले स्वस्थ्य मस्तिष्क र स्वस्थ्य शरीर निर्माणमा मद्दत मिल्ने बताउनुभयो । खेलकुद राष्ट्रको चिनारी रहेको भन्दै हरेक विद्यार्थी अनुशाषित रहेर खेलकुदमा भाग लिन सकेमा भबिष्यमा राम्रो सम्भावना रहेको बताउनुभयो ।

विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रतियोगिता आयोजना गरेर राम्रो काम गरेको उहाँले बताउनुभयो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तोलाकान्त डुम्रेले विद्यालयको काम केवल पढाउने र लेखाउने मात्र नभएको भन्दै हरेक विद्यालयले यस्ता कार्यक्रम गर्नु पर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीलार्य अनुशाषित भएर भाग लिन पनि आग्रह गर्नु भएको छ । विद्यालयका प्रिन्सीपल कमल पौडेलले विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत खेल सप्ताह गरिएको भन्दै हप्ताभरी विद्यार्थीहरु भलिवल, फुटवल, टेनिस, हाइजम्प, लङजम्प आदिमा रमाउने बताउनुभयो ।

विद्यालयका अध्यक्ष डुम्रेको अध्यक्षता, वडाध्यक्ष अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक संयोजक धुब्र पौडेल, लेखापाल पशुपतिनाथ शुक्ला लगायतले बोल्नु भएको थियो । शिक्षक अनिल वर्माको स्वागत र टेनी केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  २ : २० बजे