३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मलेसियामा क्रिकेट रंगशाला निर्माण सहयोगार्थ धुर्मुस सुन्तली साँझ हुने



मलेसिया ।
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि मलेसियामा धुर्मुस सुन्तली साँझ हुने भएको छ ।
चाइनिज नयाँ बर्षको बिदाको दिन पारेर सिटि एक्सप्रेस मनि ट्रान्सफरले क्वालालम्पुर,पेनाङ र जोहोरबारुमा धुर्मुस सुन्तली साँझ गर्न लागेको हो । कार्यक्रम माघ २२ गते मंगलबार क्वालालाम्पुर, २३ गते बुधबार पेनाङ र २७ गते आतबार जोहोरबारुमा हुनेछ ।
कार्यक्रममा धुर्मुस सुन्तलीसँगै लोकदोहोरी गायक बद्री पंगेनी, सम्झना भण्डारी, गायिका मेलिना राईको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले विभिन्न देशमा कार्यक्रम गर्दै आएका छन् ।
मलेसियामा गरिने कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई नै दिइने सिटि एक्सप्रेसका भविश्वर पंगेनी ले बताउनुभयो । उज्यालोबाट

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ८ : ३५ बजे