३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो



काठमाण्डौ ।
सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ७ : ५७ बजे