३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बलिउडका हट कपल आलिया र रणबिरको सम्बन्धमा खटपट



मनोरञ्जन ।
बलिउडका हट कपलको रुपमा चर्चित जोडीमध्येको एक हो आलिया भट्ट र रणबिर कपूरको जोडी । यो जोडीले एकअर्कालाई डेट गर्न सुरु गरेपछि उनीहरुसँग सम्बन्धित अनेकौं खबर मिडियामा छाइरहेका हुन्छन् ।
पछिल्लो समयमा आलिया र रणबिरबीचको सम्बन्धमा खटपट चलिरहेका खबरहरु आइरहेका छन् । यसैबीच मुम्बईको महाराष्ट्र पुलिसले आयोजना गरेको ‘उमंग २०१९’ अवार्ड शो मा आलिया र रणबिर एकसाथ उपस्थित भएका थिए ।
आलिया र रणबिर एकसाथ कार्यक्रम स्थलमा प्रवेश गरेपछि सबैको ध्यान उनीहरुतर्फ नै मोडिएका थिए भने मिडियाका क्यामेराहरु पनि उनिहरुतर्फ नै तेर्सिए ।
तर आलिया र रणबिर एकसाथ भएर पनि दुवैबीचको केमेष्ट्री पहिले जस्तो देखिएको थिएन । उनीहरु एकअर्कादेखि रिसाएका झैं देखिएका थिए ।
तस्बिरहरुमा आलिया भट्ट रणबिर कपूरलाई बेवास्ता गरिरहेकी देखिन्छिन् भने उनको अनुहारसमेत उदास देखिन्छ ।
रणबिर कपूर र आलिया भट्ट आफूहरुको सम्बन्धलाई लिएर निकै गम्भीर रहेको र छिट्टै नै यो जोडीले विवाह गर्नसक्ने बताइएको थियो । तर पछिल्लो पटक आइरहेका खबरहरुका अनुसार अभिनेता रणबिर कपूर आलियासँगको सम्बन्धलाई लिएर गम्भीर नरहेको बताइएको छ । तस्विरमा रणबिर कपूरको अनुहारमा पनि उदासी देखिन्छ ।
कार्यक्रममा उपस्थित भएपछि सुरुमा यो जोडीले मिडियाकर्मी तथा क्यामेरालाई समेत बेवास्ता गरिरहेका देखिन्थे ।पछि भने दुवैले मिडियासामु एक साथ पोज दिएका थिए । तर यी दुवै एकसाथ भएर पनि साथमा नभएको झै गरिरहेका देखिन्छन् ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ९ : ०४ बजे