३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताले विद्यार्थी घाइते, उपचार गर्ने कस्ले ?



दिपक खड्का, कपिलवस्तु ।

शिवराज नगरपालिकको शिक्षा शाखाले एक महिना अगाडी धैरे तामझामका साथ राष्ट्रप्रति रनिङ्ग शिल्डको आयोजना गरेको थियो । शिक्षा शाखाले नेपाल सरकारको शर्सत अनुदानको तिन लाख र नगरपालिकाको थप एक लाख गरि चारलाख बराबरको रकमले प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखा प्रमुख पुर्ण बहादुर विश्वकर्माले बताए ।

विद्यालयलाई शिल्ड जिताउने आफनो सोच पुरा नभएको आँखा भरि आसु लिदै सुरज घर्ती मगरले बताए । कक्षा ८ मा अध्ययनरत १३ वर्षका सुरज घर्ती मगरको दैनिकी फेरिएको र परिवार, साथीहरुको सहयोमा आफनो दैनिकी व्रिmयाकलाप गर्दै आएका छन । चन्द्रौटामा रहेको खेल मैदानमा कबड्डी खेलदै गर्दा कुम्भको हाडमा चोट लागि घाइते भएका सुरजको पैसाको अभावले गर्दा थप उपचार गर्न नसकिएको बुवा राज प्रताब घर्ती मगर बताए ।

शिवराज नगरपालिका वडा न ९ प्रकाश उच्च मा।वि कक्षा ८ मा अध्ययनरत सुरजलाई विद्यालय परिवारले चन्द्रा संकलन गरि रु १७०००। हजार रुपया सहयोग गरेको विद्यालयका प्र।अ। माधव के।सीले बताए । प्राथमिक उपचार चन्द्रौटामा रहेको संजिवनी अस्पतालमा गरि थप उपचार लुम्बनी अंचल अस्पताल वुटवलमा भएको थियो । आयोजक शिवराज नगरपालिका शिक्षा शाखाले उपचारमा सहयोग गर्ने आसवासन दिए पनि कुनै पनि सहयोग नगरेको प्र।अ के.सी.ले गुनासो गरे ।

बजेट नभएको हुनाले सहयोग गर्न नसकिएको विश्वकर्माले बताए । घरको आर्थिक अवस्था कमजोर भएकोले छोराको थप उपचार गराउन नसकिएको र अनाआवश्यक ऋण लागेको घर्ती बताए ।  प्रकाश उच्च मा.वि ले सहयोग गरे पनि शिक्षा शाखाले वेवास्ता गरेको आमाले गुनासो गर्नुभयो । शिक्षा शाखाले संचालन गरेको उक्त खेलको व्यवस्थापनमा कमजोरी भएको भन्दै टिकाटिप्पणी पनि भएको थियो ।

पौष महिनाको ९ गते देखि १२ गते सम्म संचालन गरिएको विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा जिल्ला खेलकुद विकाश समिति कपिलवस्तुलाई समेत बेवास्ता गरेको कार्यसमिति सदस्य संजय मल्लले बताए ।

नगरकै शानको रुपमा रहेको उक्त खेल व्यवस्थपन पक्षको कमजोरीले विवादमा आएको हो । स्थानिय स्तरमा रहेको खेलाडिहरुलाई समावेश नगराएको भन्दै वुद्धशक्ति डोजोका संचालक नवराज पौडेलले असुन्तुष्टि व्यक्त गरे । अन्तरष्ट्रिय खेलहरुमा पनि पदक जितेका खेलाडिहरुको खेलमा समावेश नगराउनु त्यति उचित भएन पौडेलले भने ।

यता शिक्षा शाखा भने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको दावी गरेको छ । खेलमा घाइते भएकालाई नगरले केहि व्यवस्थापन गर्न नसकिने शाखा प्रमुख विश्वकर्माले वताए । हामी घाइतेको उपचारको लागी अहिले सम्म केहि सहयोग गर्न नसकेको र कुनै योजनामा पनि योजना नभएको विश्वकार्मले बताए । पिडित रहेका सुरजले भने न त विद्यालयलाई शिल्ड नै ल्याउन सके नत आफु सकुशल भए आर्थिक अवस्था कमजोर रहेकोले अहिले ऋणवाटै उपचार गरिरहेको पिडीत परिवारले वताएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ४ : ४० बजे