३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

एकदिवसीय वरियताको १ नम्बरमा इङल्याण्ड, नेपाल १५ औँ नम्बरमा



एजेन्सी ।
एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ । एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ ।

उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् । यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३ औं र यूएई १४औं स्थानमा छन् ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  २ : ४२ बजे