३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आज राष्ट्रिय नर्स दिवस, पुरुषहरुमा पनि नर्सिङ पेशाप्रति आकर्षण



 कपिलवस्तु ।
आज राष्ट्रिय नर्स दिवस । बिभिन्न कार्यक्रम गरी मनाइदै छ । नर्सिङ पेशामा रहनेहरुले फ्लोरेन्स नाइटेङगेललाई जननीको रुपमा लिएर उनैको प्रेरणामा राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ ।सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीकालाई नर्स भनिन्छ । मुलुकका बिभिन्न अस्पत्तालमा काम गर्ने तिनै महिला डाक्टरले आज बिभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

नर्सिगंको नेपाली ईतिहास विसं २०१३ वाट शुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए, राणा शाषनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नसिंगको महत्व चालपाएर नेपालमा नर्सिगको शुरुवात भएको विश्वास गरिन्छ, राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ ।

नर्सिगंको ईतिहास नेपालमा खासै पुरानो नभए पनि अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लीनीकहरुमा नर्सहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ, शहर शहरमा नसिंग कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नसिंग प्रतिको आकर्षण वढ्दै गईरहेको छ ।

विरामी हामीमध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानीक रुपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरुको उपस्थिती र सहयोगले छिटै निको हुने देखाँउदछ, हामी सबैलाई नर्सहरुवाट अझै धेरै सदभाव र आशाको अपेक्षा छ । अहिले नसिङ पेशाप्रतिप्रति पुरुषहरुको पनि आकर्षण बढेको देखिन्छ ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  १२ : २५ बजे