३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

चन्द्रौटामा कृषि प्रविधि तथा उपकरण सम्बन्धि अभिमुखिकरण



गीता पौडेल, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबार कृषि प्रविधि तथा उपकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिबराज नगरपालिकाको आयोजनामा ब्यापार संघ कपिलबस्तुको सहयोग र किसान जागरण अभियान काठमाडौंको प्राबिधिक सहयोगमा एक दिने कृषि प्रबिधि उपकरण सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कृषकलाई कसरी प्रविधि प्रयोग गर्ने बिषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । नेपाल सरकारले कृषि पेशालाई उन्मुख तथा प्रोत्साहन गर्नका लागि बिभिन्न कार्यक्रमहरु बिस्तार गर्दै गएको पाइन्छ ।

सरकारका बिभिन्न कार्यक्रमले कृषकलाई कृषि क्षेत्र व्यवसायिकता तर्फ उन्मुख गराउने खालका कार्यक्रम गइरहेकाले कृषि पेशामा उतसाहाका साथ लागि गरेको देखिन्छ । परम्परागत कृषि पेशालाई ब्यबस्थित गर्दै युवाहरु कृषि पेशामा लागि परेको पाइन्छ ।

नयाँ शहरी जनशक्तिले कृषि पेशा संहाल्दै परिवर्तित राजनैतिक पद्धती, राज्यको पुनर्संरचना, आफ्नो प्रदेश तथा नगर र गाऊँ आफै सवल र सक्षम वनाउन पाउने संवैधानिक व्यवस्था भए अनुसार जागरुक, सिर्जनशील र उर्जावा युवाशक्तिलाई आधुनिक प्रविधि प्रयोग गरी सानो जग्गामा पनि व्यवसायिक खेती गर्न सकिने अवस्था सृजना गर्नका लागि शिबराज नगरपालिका भित्र रहेका ११ वटै वडामा गठित कृषि समुह तथा कृषकको सहभागितामा झबिन्द्र शर्माले सहजिकरण गरेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रमलाई संबोधन गर्दै शिबराज नगरपालिका उप प्रमुख शिब कुमारी थारुले कृषक चनाखो नहुंदा कृषि अनुदानलाई प्रभावकारी बनाउन नसकेको सुइकार गर्दै अबका दिनमा कृषकलाई जनचेतना मुलक कार्यक्रममा सहभागि बनाएर कृषि पेशा र कृषकलाई समृद्ध बनाउन नगरपालिका लागि पर्ने बताएकी छिन ।

त्यस्तै कार्यक्रममा बोल्दै ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेलले कृषि पेशालाई ब्यबसायिक नबनाए सम्म देश समृद्ध हुन नक्ने बताउँदै साना साना किसानलाई कृषि तर्फ प्रमोशन गर्नुपर्ने पहिलो आवश्यकता भएका बताएका छन ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ५ : ०० बजे