३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बालमैत्री स्थानीय शासनका लागि १ दिवशिय अभिमुखिकरण



बाबुराम रायमाझी, गोरुसिङ्गे ।
कपिलवस्तुको बाणगंगा नगरपालिकालाई आगामी २०७७ साल असोज मसान्त सम्ममा नगरलाई पूर्ण बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम सफल बनाउनका लागि नगरका ११ वटै वडामा वडा स्तरिय अभिमुखिकरण कार्यक्रमलाई तिब्रता दिएको छ । यसैक्रममा बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगाको आयोजनामा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्वन्धि १ दिवशिय वडा स्तरीय अभिमुखिकरण कार्यक्रम वडा न. ९ को जिनुवामा सम्पन्न गरेको छ ।
सो अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनका तालिम राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौबेले नेपालको संविधान भाग ३ मा मौलिक हकको धारा ३९ को उपधारा १० मा बाल अधिकारका लागि स्पष्ट ब्यवस्था गरेको बालमैत्री स्थानिय शासन घोषणा गर्न ३९ वटा सूचक पुरा गर्नुपर्ने साथै वडाले ३६० वटा क्रियाकलाप पुरा गर्ने सम्वन्धका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
साथै वडा अध्यक्ष धुर्व वेल्वासेको अध्यक्षतामा १२ सदस्ययी समितिको चयन गरेको छ जसको उपाध्यक्षमा महिला सदस्य केशरा गुरुङ्ग, भलवाड स्वास्थ्य चौकी प्रमुख जित बिकास रायमाझी, संगम टोल बिकास संस्थाबाट गोपाल गिरी, भर्तापुर आधारभूत विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर पुन, महिला स्वास्थ्य स्वयम सेविकाबाट मञ्जु भुसाल, कृषि महिला समूहबाट निता राना र सदस्य सचिवमा वडा सचिव सन्तोष कुमार बैठा रहनु भएको छ भने बाल संजाल, बाल संरक्षण र बालमैत्री कार्यकम फोकल पर्सनबाट सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।
साथै आगामी २०७६ साल फाल्गुण मसान्त सम्ममा बाणगंगा -९ साबिक भलवाडलाई बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणाका लागि वडा न.९का सरोकारवालाहरुले सामुहिक प्रतिवद्धता सहित हस्ताक्षर कार्यक्रम गरेका छन् । कार्यक्रमको सहजीकरण बाणगंगा नगरका सामाजिक बिकास प्रमुख लक्ष्मी पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ४ : ५४ बजे