३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

धनगढीमा तरुणदलको प्रदर्शनः प्रधानमन्त्रीको राजीनामा माग



धनगढी ।
नेपाल तरुण दलले सरकार विरुद्ध धनगढीमा बृहत विरोध प्रदर्शन गरेको छ । दुई तिहाईको दम्भमा सरकारले जनविरोधी काम गरेको भन्दै धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध प्रदर्शन भएको हो । अहिले विरोधसभा चलिरहेको छ ।

विरोध प्रदर्शनका क्रममा सरकार विरुद्ध नारा लगाएको तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ । सरकारले मंहगी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै तरुण दलले सरकारका विरुद्ध प्रदर्शन गरेको हो । विरोधसभामा तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायत नेता तथा कार्यकतको उपस्थिति छ ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ९ : १० बजे