३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

यूएईद्धारा नेपालसामु २५५ रनको चुनौती



काठमाडौँ ।
नेपालले संयुक्त अरब इमिरेट्स यूएई सँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्न २५६ रनको लक्ष्य पाएको छ । सोमबार दुबईस्थित आइसीसी ग्लोबल एकेडेमी मैदानमा तेस्रो खेलमा यूएईले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाइ २५५ रन बनायो ।
यृएईबाट साइमन अनवरले ८७ रन बनाए । त्यस्तै मोहम्मद बुटा ५९ रनमा अविजित रहे ।नेपालका करण केसी र पारस खड्काले २र२ विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले १र१ विकेट लिए ।
शृंखला १र१ को बराबरीमा रहेको छ । नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो।दोस्रो खेलमा नेपालले २४२ रन बनाउँदै १४५ रनको प्रभावशाली विजय हात पारेको थियो।आज हुने खेल विजय हात पारेमा नेपालले शृंखला २(१ ले आफ्नो पक्षमा पार्ने छ।
नेपालले सन्दीप जोरालाई डेब्यु गर्ने मौका दिएको छ। पहिलोपटक राष्ट्रिय टोलीमा परेका जोरालाई पवन सर्राफको स्थानमा खेलाइएको छ।
अलराउन्डर भए पनि पवनले पहिलो दुई खेलमा ब्याटिङ मात्रै गर्न पाएका थिए। पवन अफ स्पिनर पनि हुन्।
घाँसे विकेट भएका कारण टोलीमै रहेका देब्रेहाते स्पिनर ललितनारायण राजवंशीले पनि बलिङमा कमै मौका पाएका छन्।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ९ : १७ बजे