३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

जेसिज शिवराजको बैठक बस्यो



दिपक खड्का, चन्द्रौटा ।

शिवराज जेसीजको साधरणसभा र अधिवेशन पछि पहिलो बैठक बसेको छ । शिवराज जेसीजका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न विmयाकलाप सहित जिम्मेवारी वाँडफाँड गरेको छ । यही माग १८ गते प्रकश मा.वि सुन्दरीडाडामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई २० जनालाई न्यानो कपडा वितरण, २४ गतेका दिन जेसीज चेन मातृशाखालाई हस्तान्तरण गर्नुका साथै विभिन्न शाखाको जिम्मेवारी दिएको छ ।

बैठकले व्यापार संयोजकमा प्रकाश शर्मा, युवा संयोजकमा मदन सापकोटा, संचार संयोजकमा दिपक खड्का, स्वास्थ्य संयोजकमा रमेश शर्मा, शिक्षा संयोजकमा माधव के.सी, तालिम संयोजकमा विजय सापकोटा र यातायात संयोजकमा खेमराज पौडेललाई जिम्मेवारी दिएको छ ।

यसैगरी कार्यसमितीको सह— सचिवमा खगेश्वर गिरीलाई मनोनित गरेको महासचिव विजय सापकोटाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  २ : ०५ बजे