४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युएइविरुद्ध आज जित निकालेर इतिहास रच्ने दाउमा नेपाल, के गर्लान् रोहित, लामिछाने र कामीले ?



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । 
युएइविरुद्धको तेश्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा आज नेपालले खेल्दै छ । आईसीसीले नेपाललाई ४ वर्षका लागि मान्यता दिएपछि दोस्रो सिरिज खेलिरहेको नेपालले आज युएइलाई पराजित गर्न सके इतिहास रच्ने मौका छ । पहिलो खेलमा हार र दोश्रोमा शानदार जित हासिल गरेको नेपालले इतिहास रच्न आज जित्नै पर्ने दबाब छ । दोस्रो खेलको लयलाई निरन्तरता दिन सके आज नेपालले जित हासिल गर्न सक्नेमा धेरै खेलप्रेमी आशाबादी छन् । नेपाली टिम दोस्रो खेलमा गरेको प्रदर्शनबाट निकै उत्साहित देखिएको छ ।

कप्तान पारस खड्काले दोस्रो खेलमा राम्रो प्रदर्शन गरेकाले आत्म बल उच्च भएको र आजको तेस्रो खेलमा झन् राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती रहेकाले खेलाडीले संवेदनशिल भएर खेल्नु पर्ने बताउनु भयो । आजको खेलमा पनि कप्तान पारस खड्का, सोमपाल कामी, सन्दिप लामिछाने र रोहित पौडेलको प्रदर्शन हेर्न लायक हुने छ ।

unn.prixa.net

आजको खेलमा नेपालले ब्याटिङमा निकै सुधार गर्नुपर्ने देखिन्छ । नेपालले पहिले ब्याटिङ गर्ने मौका पहिले पायो भने कम्तिमा पनि २५० आसपासमा रन बनाउन सक्नु पर्दछ । अस्तिको खेलमा जित हासिल गरे पनि २ सय रन पनि नपुग्नु ५० ओभरको खेलमा राम्रो थिएन । आजको खेलमा ब्याटिङ पक्ष सुधार हुन आवश्यक छ । आज जित हासिल गर्न सके नेपालले पहिलो अन्र्राष्ट्रिय क्रिकेट सिरिज हात पारेर इतिहास रच्ने मौक हुने छ ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  १२ : २८ बजे