४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सांसद पन्थीले दिए आगलागी पीडितलाई राहत



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तु नगरपालिकामा रहेको मुराउ परिवारलाई आइतबार राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । २ दिनअघि परेको चट्याङले निग्लिहवा १० निवासी मुराउ परिवारको घर जलेर नष्ट भएको थियो । आर्थिक रुपमा विपन्न परिवारको घर जलेर नष्ट भएर उनीहरु समस्यामा परेको थाहा पाएपछि तत्काल जीवनयापनमा सहयोग पुगोस् भनेर आफूले सहयोग गरेको सांसद पन्थीले जानकारी दिनुभयो ।
पन्थीले मुराउ परिवारको लागि तत्काल आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, ओड्ने ओछ्याउने लगायतका सामान सहयोग गर्नुभएको थियो । मुराउ परिवारलाई भोलीका दिनमा आवासको लागि पनि आफूले पहल गरिदिने उहाँले आश्वासन दिनुभएको छ । सहयोग वितरण कार्यक्रममा कपिलवस्तु नगरपालिका १० का वडाध्यक्ष मोहन पौडेल,नेकपा कपिलवस्तुका प्रस्तावित संयोजक झविलाल पोख्रेल,समाजसेवी कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो ।
नेकपा संयोजक पोख्रेलले आफूले पनि मुराउ परिवारलाई सहयोग गर्ने बताउनुभयो । सहयोग पाएपछि मुराउ परिवारमा खुसी छाएको छ । घर जलेर नष्ट भएपछि के खाऊँ र के लाउँको अवस्थामा रहेका मुराउ परिवारले सहयोग पाएपछि आफ्नो आँगनमा भगवान आए सरह भएको बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  १ : ३२ बजे