४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माघे बर्षाले करोडौंका इट्टा नष्ट, व्यवसायी निरास



अराज सिंह बेल्वासे, चन्द्रौटा ।
लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिए पछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफर अली मिँयाले जानकारी दिनुभयो ।
शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले छ लाख इँटा नोक्सान भएका उद्योगी जमसेर अलीले बताउनुभयो । कूल ६७ सञ्चालनमा रहेका इँटा उद्योगमा नोक्सानी भएको केन्द्रीय उपाध्यक्ष मिँयाले जानकारी दिनुभयो ।
काँचो इँटा बनाउन मात्र माटो, श्रमिक, कैला लगायत लागत अनुसार प्रतिगोटा तीनदेखि चार खर्च हुने उहाँले बताउनुभयो । सो नोक्सानीले जिल्लामा इँटाको अभाव हुने र मूल्यमा समेत वृद्धि हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  १ : २७ बजे