४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विद्यालय क्षेत्रलाई फोहरमैलारहित बनाऔँ, ३ सयबटा फोहरदानी वितरण



मायादेवी अनलाइन, कपिलवस्तु ।
विद्यालय क्षेत्रलाई स्वच्छ हराभरा र फोहरमैला रहित बनाउ भन्ने अभियानका साथ कपिलवस्तुका २ बटा पालीकाका ८५ सामुदायिक विद्यालयलाइ ३ सयबटा फोहरदानी वितरण गरिएको छ । नेपाल राष्टिय शिक्षक संगठन कपिलवस्तुको आयोजना, बुटवल पब्लिक स्कुलको ३ लाख ५० हजारको आर्थिक सहयोगमा चन्द्रौटामा फोहरदानी वितरण गरिएको छ । सरसफाइ र जनचेतनाका हिसावले पछि परेका जिल्लाको शिवराज नगरपालीका र विजयनगर गाउंपालीका क्षेत्रभित्रका सामुदायिक विद्यालयलाइ थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यका साथ उक्त कार्य गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलवस्तु क्षेत्र नम्वर १ का प्रदेश सांसद विष्णु पंन्थीले हरेक हिसावले संभावना बोकेर पछि परेको कपिलवस्तुलाई आगामी दिनमा अगाडी बढाउन सवैको सहयोग उतिकै जरुरी रहेको बताउंदै विकास निर्माण लगायतका काममा सघाउ पुग्न यीयस्ता कार्यहरु फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि सोही क्षेत्रका प्रदेश सांसद अर्जुन कुमार केसीले आगामी दिनमा केन्द्र, प्रदेश, स्थानीय तहबाट समेत सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न विभिन्न कार्यक्रम ल्याउन आफु लगायत लागी परेको बताउनुभयो ।

Image may contain: 12 people, crowd
कार्यक्रममा नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोखरेलले कुनै बेला कपिलवस्तुको नाम शिक्षा क्षेत्रमा बदनाम गर्ने भएकोमा क्रमश सुधार हुंदै गएकाले विद्यालय सुधार गर्न शिक्षकको इच्छा शक्ति हुनुपर्नेमा जोड दिनुभयो । फोहरदानी सहयोगी बुटबल पब्लिक स्कुलका हेमलाल भुसालले शिक्षा क्षेत्रमा सुधारका लागी शिक्षकले पढाउन भन्दा शिकाइ माध्यम बढि उपयोगी हुने बताउनुभयो ।

Image may contain: 5 people, people standing
नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पंन्थीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिवराज सुवेदी, सन्चालन प्रकाश अधिकारी गर्नुभएको थियो । यस अगाडी समेत नेपाल राष्टिय शिक्षक संगठन कपिलवस्तुले जिल्लाका ४ बटा पालीकाका सामुदायिक विद्यालयमा सरसफाइ गर्ने उदेश्यले ९ सयबटा फोहरदानी वितरण गरेको थियो ।

Image may contain: 6 people, people sitting

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ४ : २९ बजे