४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एक वर्षमा तीन लाख आँखाका बिरामीलाई उपचार सेवा दिने लक्ष्य



दाङ ।
नेपाल नेत्र ज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती र बहाद’रगञ्ज अस्पतालले आगामी एक वर्ष भित्र तीन लाख आँखाका बिरामीलाई आँखा उपचार सेवा दिने लक्ष्य लिएका छन्. जस मध्ये ५ हजारलाई आँखाको उज्यालो दिने गरी योजना अगाडी बढाइएको छ ।
योजना तथा समिक्षा बैठकबाट बार्षिक योजना तयार भएको नेपाल नेत्र ज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पतालका सुचना अधिकारी बालाराम खड्काले जानकारी र्दि । राप्ती तथा बहादुरगञ्ज अस्पताल अन्तर्गत तीन वटा अस्पताल र चार वटा उपचार केन्द्र रहेका छन्।
तुलसीपुरमा राप्ती आँखा अस्पताल, लमहीमा लमही आँखा अस्पताल र बहादुरगञ्जमा बहादुरगञ्ज आँखा अस्पताल छन् । यस्तै घोराही, कुम, सल्यान र रोल्पामा आँखा उपचार केन्द्र छन् ।
सन् २)२) सम्म आँखा अस्पताल तथा उपचार केन्द्रलाई आत्मनिर्भर बनाउनेगरी स्थानिय सरकारसंग समन्वय भैरहेको छ । यी तीन वटा अस्पतालमा आँखाको उपचारकालागि भारतीय नागरिकहरु समेत आउने गरेका छन् । अस्पतालमा गरिब तथा विपन्न वर्गका आँखाका बिरामीको निःश’ल्क शल्यक्रिया सेवा उपलब्ध छ ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ११ : ३८ बजे