४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

फ्राइडे रिलिजः आजबाट आरोप, अनागत र बैना प्रदर्शनमा



काठमाण्डौ ।

फ्राइडे रिलिज अन्तर्गत यो साता ३ चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका ३ चलचित्रहरु हुन् आरोप, अनागत र बैना ।
चलचित्र आरोपलाई निर्देशक अमर ओलीले निर्देशन गरेको चलचित्र हो आरोप । उनले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । चलचित्र दिलासा क्रियसनको ब्यानरमा निर्माण भएको हो । चलचित्रलाई दिनेश राउत र बिजय पाठकले निर्माण गरेका हुन् । चलचित्र आरोपमा सञ्चिता लुइँटेल, किसोर खतिवडा, रश्मि भट्ट, सुशिल पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा राईको नृत्य, सानुकुमार महर्जनको द्धन्द, गणेश चौधरी र एस के अधिकारीको संगीत रहेको छ । विरेन्द्र भट्टको छायांकन रहेको चलचित्र आरोपको सम्पादन साहिल खानले गरेका हुन् ।
अनागत

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनागत । चलचित्र अनागतको निर्देशन साम्तेन भुटियाले गरेका हुन् । यो चलचित्रको छायांकन करिब ३ वर्ष अगाडि नै गरिएको थियो, तर चलचित्र प्रदर्शन भने आजबाट मात्र भएको छ ।

चलचित्र अनागतमा पारिवारिक कथा समेटिएको छ । परिवारप्रति उत्पन्न शंकाका कारण आइपर्ने समस्याहरुलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।
चलचित्रमाअभिनेताअर्पण थापा र अभिनेत्री प्रियंका कार्की श्रीमान श्रीमतीका रुपमा प्रस्तुत भएका छन् ।
चलचित्रमा प्रियंका र अर्पणबाहेक रोसिन सुवेदी, प्रविण खतिवडालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको कथा चन्द्रकुमार झा ले लेखेका हुन् । चलचित्रमा प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा रहेको छ भने चलचित्रको छायांकन सिजन बानियाँले गरेका हुन् ।

बैना
आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बैना । यो चलचित्रको निर्देशन दिलप्रकास याक्सोले गरेका हुन् । चलचित्र पे्रम कथामा आधारित छ । हिमाली लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई हिमाली लिङ्देन,राजु लिङ्देन, धनबहादुर याक्सो र बिना पालुङवाले संयुक्त रुपमा निर्माण गरेकाहुन् ।
यो चलचित्रमा विकास चौधरीको संगीत, विजय केरुङको कथा, पटकथा तथा संवाद रहेको छ ।
चलचित्रको सम्पादन तारा थापा किम्भेले गरेका हुन् । उज्यालोबाट साभार

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ८ : २४ बजे