४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिरहामा बस दुर्घटना हुँदा ३१ जना घाइते



सिराहा ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको कर्जन्हा नगरपालिकामा रहेको बस्तीपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका हुन् ।घाइतेको सिरहाकै फुकुमारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ४५ जना रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ७ : ०९ बजे