४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज देखि सुदूरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति पाइने



धनगढी । 

वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज देखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति प्रदान गर्न लागिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्णय अनुसार आदेखि धनगढीबाट पुनः श्रम स्वीकृति जारी गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ ।

त्यस्तै दोस्रो चरणमा गण्डकी प्रदेशको पोखराबाट पुस २५ गते श्रम स्वीकृति सेवा सुरू गरिसेको छ । तेस्रो चरणमा माघ ६ गतेबाट कर्णाली प्रदेशमा श्रम स्वीकृति प्रदान सुरू भैसकेको छ भने चौँथो चरणमा सुदूरपश्चिम प्रदेशबाट आज सेवा सुभारम्भ हुँदैछ ।

 

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ४ : १३ बजे