४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनतालाई सहज, मोबाइलमै विद्युत् बिल



पाल्पा ।
विद्युत् प्राधिकरणका उपभोक्ताले बिजुलीको बिल अब मोबाइलमा पाउने भएका छन्। उक्त बिल मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ । यो प्रणालीको विकासले अब विद्युत्को मिटर चेकजाँच गर्न कर्मचारी आउने छैनन् भने उपभोक्ता पनि विद्युत् कार्यालय पुग्नु पर्दैन ।

विद्युत् प्राधिकरणले सुरु गरेको टीओडी (टाइम अफ डे मिटर) मार्फत प्रत्येक उपभोक्ताको मोबाइल मासिक खपत युनिट र इमेलमा विद्युत् बिल पठाउन थालेको छ। प्राधिकरणले टीओडी मिटर निःशुल्क प्रदान गरेको छ ।

पाल्पाको सदरमुकाममा मात्र विद्युत् महसुलको काउन्टर हुँदा उपभोक्ताले ८० रुपैयाँको महसुल बुझाउन ८ सय रुपैयाँसम्म खर्च भएको र एक दिन बित्ने गरेको बताउनुभयो । नयाँ डिजिटल टीओडी मिटरमा सिमसहित डाटा ट्रान्सफर मोडियम जडान गरिनेछ । डाटा मोडियमको माध्यमबाट प्राधिकरण कार्यालयका कर्मचारीले अफिसमै बसेर आधा–आधा घण्टाको विवरण प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ३ : १६ बजे