४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिबराज जेसिजको अध्यक्षमा पुनः पौडेल



गीता पौडेल, चन्द्रौटा ।
शिवराज जेसिजको अध्यक्षमा पुनः सरोज पौडेल निर्वाचित हुनुभएको छ । २०१८ का अध्यक्ष समेत रहनुभएका पौडेल २०१९ को पनि अध्यक्ष बन्नुभएको हो । उहाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा राम चन्द्र के.सी., मधु सिग्देल, महासचिवमा बिजय सापकोटा, कोषाध्यक्षमा यज्ञ प्रसाद पौडेल, उपाध्यक्षमा खिम राज आचार्य, बिष्णु हमाल, कृष्ण कार्की, आनन्द पौडेल र सचिबमा कवि राज अधिकारी र सह कोषाध्यक्षमा केशब खनाल सर्बसम्मत चयन हुनुभएको छ ।
यस्तै कानुनी सल्लाहकारमा बुद्धिसागर सापकोटा चयन हुनुभएको छ । शिबराज जेसिजले वर्ष २०१८ मा शिबराज नगरपालिका भित्र विभिन्न रचनात्मक काम गरेर चर्चा बटुलेको थियो ।
जेसिजले बिभिन्न बिद्यालयमा बिद्यार्थीहरुलाई स्वस्थ रहने बानी बसाल्नको लागि प्रत्यक बिद्यार्थीलाई बरस र कोल्गेट हस्तान्तरण, चन्द्रौटाका ब्यापारी बिष्णु हमाललाई ५०, ००० हजार सहयोग गरेको थियो । हमाल आगलागी पिडित हुनुन्थ्यो ।
कार्यक्रममा ब्यापार संघ कपिलबस्तुका सचिब गोपाल बन्जाडेले शुभकामना मन्तब्य दिनु भएको थियो भने निर्वाचित नब सदस्य मदन सापकोटाले आफुलाई जेसिजमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै जेसिजको मर्म अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा यज्ञ प्रसाद पौडेलले आर्थिक प्रतिबेदन बाचन गरेकोे कार्यक्रममा बुद्धि सागर सापकोटाले स्वागत मन्तब्यद्धारा स्वागत गर्नुभएको थियो । कार्यक्रम शिबराज जेसिज २०१८ का अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा महासचिब बिजय सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ३ : ०३ बजे