४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेविसंघका नेताले गरे कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन



काठमाडौँ ।
कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेताहरुले तत्काल महाधिवेशनको माग गर्दै पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
नेविसंघसहित पार्टीका अरु विषयमा छलफलका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारका लागि बोलाइएको छ । तर नेविसंघका नेताहरुले विरोध गरेका हुन् ।
नेविसंघको केन्द्रीय कार्यसमितिको दोस्रोपटक थपिएको पदावधि माघ २ गते नै सकिएको छ । कांग्रेसमा नेविसंघको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मा दिने भन्नेमा छलफल जारी छ ।
कूल १६५ सदस्य रहेको कार्यसमितिका ५२ पदाधिकारीले राजीनामा दिइसकेका छन् । उनीहरुले महाधिवेशनका लागि नयाँ तदर्थ समिति बनाउनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  ८ : ३६ बजे