४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टिप्पर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



रुपन्देही ।

टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको देवदह ९ घोडाहा जंगलमा बुधबार राति दुर्घटनामा भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल र लु २ ख ३५४७ नम्बरको टिप्पर एक आपसमा ठोक्किदा देवदेह ५ का २१ बर्षीय रबिन थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  ७ : ०९ बजे