४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भन्सार छलेर भित्र्याइएको सामान भन्सारमै बुझाइयो



पर्सा ।

सीमावर्ती भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याइएको १ लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

ससस्त्र प्रहरीले वीरगञ्जको भकुवा नाका, रजतजयन्ती चोक र छपकैयामा सुरक्षा जाँचका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो ।

भन्सार छलेर साइकलमा ल्याउँदै गरेको लत्ताकपडा, मोटर पार्टस, स्टेशनरी सामान बरामद भएको उहाँले बताउनुभयो ।

बरामद गरिएको सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  ७ : ०६ बजे