४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सञ्चार माध्यममा आएजस्तो सरकारले काम नगरेको होइन : सल्लाहकार मैनाली



मायादेवी अनलाइन, वाणगंगा ।
प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनालीले निर्मला हत्या काण्डका दोषीलाई कारबाही भएरै छाड्ने बताउनु भएको छ । सरकारले निर्मला हत्याकाण्डमा दोषी रहेकालाई कारबाही गर्न नसकेर आलोचना भैरहेको बेलामा उहाँले दोषीलाई कारबाही गरेरै छाड्ने बताउनु भएको हो । सकारले राम्रो काम गर्दागर्दै पनि प्रतिपक्षीले निर्मला हत्याकाण्डलाई नै राजनीतिक मियो बनाएको भन्दै निर्मला हत्याकाण्डका दोषी ढिलो चाँडो कानुनी कठघरामा आउने उहाँले दाबी गर्नुभयो । बलात्कारजन्य घटनाका ९० प्रतिशत दोषीलाई सरकारले पक्रेर कारबाही गरेको बिर्सेर निर्मला हत्याकाण्डको बिषयलाई मिडियाले पनि जोडतोडका साथ बाहिर ल्याएको भन्दै भ्रामक समाचारको पछि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
फरक प्रसंगमा मैनलीले अबको एक डेढ हप्ताभित्र जिल्लातहसम्म्को पार्टी एकता टुङ्गिने गरी नेताहरुको जिम्मेवारी पछिल्लो समय मिडियाबाट पनि सरकारमाथि प्रहार भएकाले सत्यतथ्य समाचार लेख्न संचारमाध्यमलाई उहाँले सरकारले अबको एक डेढ हप्ताकाम गरेन भन्ने मिडियामा आएको समाचार सत्य नभएको दाबी गर्नुभएको छ । सरकारले आफ्नो काम गरिरहेको भन्दै मिडियामा आए जस्तो जसरी सरकारले काम नै गरेर भन्ने अवस्था नभएको प्रष्टाउनुभएको छ ।
नेकपा कपिलवस्तुका अगुवा कार्यकर्ता संगको भेटघाटको क्रममा आज चारनम्बरमा भएको कार्यक्रममा बोल्दै सल्लाहकार मैनालीले मूलकलाई समृद्ध र विकसित बनाउन गृहकार्य गरिरहेको भन्दै निरास नहुन जनतालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मिडियामा आएका गतिविधिबाट निरास नहुन पार्टीकार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल लगायतका नेता कार्यकर्ताले सरकारले कामै गरेर सरकारको निकै आलोचना भयो नी भन्ने जिज्ञासाको उत्तर दिदै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले गरेका कामहरुको बारेमा भ्रम फैलाउने प्रति सचेत रहदै राम्रा कामको प्रचार गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ३ : ४९ बजे