४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अबको पाँच दिन भित्र मल प्रयाप्त पाइने कृषि मन्त्रीको दाबी !



मायादेवी अनलाइन, कपिलवस्तु

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले अबको पाच दिन भित्र रासायनिक मल नेपाल भित्रने बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा चारनम्बरमा भएको नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले भारतबाट नेपालको लागि छोडिएको मल डेढ महिनादेखि बिभिन्न नाकमा रोकिएको भन्दै ५ दिनभित्र मल नेपाल आइपुग्ने कृषि मन्त्री खनालले बताउनुभयो ।

अहिले समयमा मल आउन ढिलाई भए पनि अब भावी दिनमा खात र युरियाको अभाव हुन नदिने गरी सरकारले योजना बनाएको बताउँदै उहाँले मल पाइदैन कि भनेर चिन्ता नगर्न सबैलाई आग्रह गर्नुभयो ।

आगामी चैत्र देखि नेपालका पाँच ओटा नाकाबाट मल ल्याउने तयारी भैरहेकोले भावी दिनमा मलको अभाव नहुने उहाँले जिकिर गर्नु भयो । रासायनिक मलमा अहिलेसम्मकै धेरैे बजेट बिनियोजन भएको भन्दै  मलमा अब देखि ६९ रुपैया अनुदान हुने गरी मल ल्याउने तयारी भैरहेको उहाँको दाबी थियो ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ३ : ४५ बजे