४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बस र दमकल ठोक्कि‍ँदा २७ जना घाइते, ७ जनाको अवस्था गम्भीर



नवलपरासी ।

काठमाण्डौबाट भैरहवाका लागि छुटेको  बस र कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका १५ मा  लु १ ख ८७९७ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको लु १ ग ३१० नम्बरको दमकल एक आपसमा ठोक्कि‍ँदा बसमा सवार २६  जना र दमकलका सहचालक एक जना गरी २७ जना घाइते भएका हुन् ।दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार ६ जना र दमकलका एकजना गरी सातजनाको भरतपुरमा उपचार भइरहेको छ । अन्य २० जनाको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । यस्तै, बाटो चिप्लो भएर राति अवरुद्ध बनेको पूर्व पश्चिम दाउन्ने सडक बिहान ६ बजेबाट पूर्ण रुपमा सुचारु भएको छ । वर्षाका कारण बाटो चिप्लो भएर सो सडक राति पाँच घण्टासम्म पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ६ : ०८ बजे