४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दाङबाट बुटबल आउँदै गरेको बस शिवपुरमा दुर्घटना



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा बस दुर्घटनामा परेको छ । दाङबाट बुटवल तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनाबाट सात जना यात्रु घाइते भएका छन । जसमा एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सहारा यातायात प्रालिको बस दुर्घटना परे पनि विस्तृत विवरण आउँन बाकी छ । बस सडकबाट नजिकको पिपलको बोटको ठोक्किन पुगेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ४ : १७ बजे