४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस सांसदले मन्त्रीलाई घेरा हालेपछि फेरि स्थगित भयो संसद बैठक



काठमाण्डौ ।
नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक दोस्रो पटक पनि स्थगित भएको छ ।पहिलो पटक १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठक पुनस् प्रमुख प्रतिपक्षि दल कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि स्थगित हुन पुगेको हो ।

सभामुख कृष्ण बहादुर महराले दोस्रो पटकको बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति दिनुभएको थियो ।

विधेयक पेश गर्न अघि बढ्नुभएका मन्त्री पोखरेललाई कांग्रेस सांसदहरुले पोडियम तर्फ जानै नदिई घेराबन्दी गरेर रोकेपछि बैठक पुनस् १५ मिनेटका लागि स्थगित हुन पुगेको हो । मन्त्री पोखरेललाई घेरा हालेर कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए ।तनहुँमा स्थापना गरिएको गिरिजा प्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहतमा राख्न माग गर्दै कांग्रेसले सांसद बैठक अवरुद्ध पारेको हो ।यस अघि हिजोको बैठक पनि कांग्रेसले अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ११ : १९ बजे