४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् सुखी नेपाली समृद्ध नेपाल फेसन भयो



काठमाडौं ।
पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले विकासका नारा मात्रै बन्ने तर कार्यान्वयनका लागि आवश्यक पहल नहुने गरेको बताएका छन्। संसदीय सुनुवाइ समितिमा राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधि र स्वीट्जरल्यान्डका लागि राजदूत प्रस्तावित मणिप्रसाद भट्टराईको सुनुवाइका क्रममा नेता पाण्डेले अहिले ुसुखी नेपाली समृद्ध नेपालुको नारा फेसन भएको बताएका हुन्। उनले भने, ुअहिले सुखी नेपाली समृद्ध नेपाल भन्ने फेसन भएको छ। के भएपछि नेपाली सुखी हुन्छन् र कति भएपछि नेपाल समृद्ध हुन्छरु केही तयारी गर्नुभएको छरुु राजदूतमा प्रस्तावित भट्टराईले आफ्नो कार्ययोजनामा ुसुखी नेपाली समृद्ध नेपालु बनाउन भूमिका खेल्ने भनेपछि पाण्डेले यस्तो प्रश्न गरेका हुन्। उनले थपे, ुपञ्चायतकालमा सबै पञ्चहरूले भन्थे ुविकासको मूल फुटाउँु, उनीहरूलाई त्यो भनेको के हो भनेर सोध्दा ुमहाराजले भन्नुभएको छु भनेर जवाफ दिन्थे।त्यस्तै भयो यो पनि।ु प्रधानमन्त्री केपी शर्मा ओलीको यो नारालाई अहिले सरकारी कर्मचारीले औपचारिक रूपमा घोक्ने गरेका छन्। पछिल्लो समय राजदूतमा प्रस्तावित परराष्ट्र मन्त्रालयका कर्मचारीले राजदूतमा पठाए आफ्नो कार्ययोजनामा सुखी नेपाली समृद्ध नेपाल बनाउन अहम् भूमिका खेल्ने बताउँदै आएका छन्। पाण्डेले सन् २०२० मा नेपाल पर्यटन वर्ष बनाउने भन्ने गरिएको तर त्यसका लागि काम भने हुने नगरेको बताए। उनले २० लाख पर्यटक ल्याउने बखान गरे पनि कति होटल चाहिने हो र कति सवारी चाहिने हो र कति पूर्वाधार आवश्यक पर्ने भन्ने तयारी नगरिकनै भाषण गर्ने गरिएको भनेर असन्तुष्टि व्यक्त गरे।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ८ : ४० बजे