४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु



रुपन्देही, माघ ८ ।

रुपन्देहीको ओमसतिया गाँउपालिका–२ पडसरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय रन्जित कुमार मदेशिया र पछाडी सवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २६ वर्षकै अमित बानियाँ छन् । घाईते दुवैको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।गएराति पौने १२ बजे भारतीय नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : ४४ बजे