४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा



चितवन ।
चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ ।
मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दा बढी कृषिसँग सम्बन्धित स्टलमा ४०० प्रकारका उत्पादन रहने छन् ।

आयोजक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : ४१ बजे