४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भारतमा जिउँदै चितामा राखेर महिलालाई जलाउने प्रयास



भारत ।

भारतमा एक महिलालाई जिउँदै चितामा राखेर जलाउने प्रयास भएको छ । सन्तान नजन्माएको आरोपमा आफ्नी दिदीलाई उनका घरका मानिसले जिउँदै जलाउने प्रयास गरेको महिलाका भाइले आरोप लगाएका छन् ।

बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँकी २५ वर्षकी महिलालाई जिउँदै जलाउने प्रयास भएको हो । गाउँको नजिकै रहेको सोन नदी किनारमा महिलालाई कुटपिट गरेपछि उनलाई चितामा राखेर जलाउने प्रयास भएको जनाइएको छ ।

स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि महिलाको उद्धार भएको हो । महिलाका भाइ गणेश ठाकुरले स्थानीय पत्रिका प्रभात खबरसँग भनेका छन् कि, उनकी दिदीलाई परिवारका सदस्यले सन्तान नजन्माएको भन्दै कुटपिट गर्दै आएका थिए ।पछिल्लोपटक सोमबार नदी किनारमा कुटपिटपछि महिला बेहोस भएको र त्यसपछि चितामा राखेर जलाउन खोजिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : ३३ बजे