४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अनशनरत डाक्टर केसीलाई जनरल वार्डमा सारियो



काठमाडौ‌ं ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका अनशनरत डा गोविन्द केसीलाई जनरल वार्डबाट गणेशमान सिंह भवनको दोस्रो तलामा रहेको वार्डमा सारिएको छ। यसअघि अनशन बस्दा प्रयोग गर्ने वार्डमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए। यसअघि सोमबार नै केसीलाई अनशनस्थलमा सार्न लागिएको बताइएको थियो। तर, केसीले नमानेपछप आज सारिएको केसीले बताए। अनशनको १३ औँ दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल नगरेको डा केसी समर्थकहरूको आरोप छ। तर सरकारले भने चिकित्सा शिक्षा विधेयकमा डा केसीका माग राखिएको दाबी गरिएको छ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : २६ बजे