४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रोनाल्डो पेनाल्टीमा चुके, युभेन्टसले भने जित्यो



एजेन्सी ।

इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरे पनि रोनाल्डो भने पेनाल्टीमा चुकेका छन् ।

सोमबार राति भएको खेलमा रोनाल्डोले पेनाल्टी गोल गरेको भए घरेलु टोली युभेन्टसले चिभोमाथि ४–० को सहज जित निकाल्ने थियो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र ड्यानिइल रुगनीले गोल गरे । त्यस्तै अन्य प्रहारमा पनि रोनाल्डो चुकेका थिए ।

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । पराजित चिभोको भने २० खेलबाट आठ अंक मात्रै रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको २० खेलबाट ४७ अंक रहेको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ३ : ३५ बजे