४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

१६ वर्षपछि लालपुर्जा, स्थानीय हदै खुसी



सन्धिखर्क ।

१६ वर्ष पछि लालपुर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ पालीका स्थानीय दंग भएका छन् । शसस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाम आक्रमण हुँदा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्लानै नक्साविहीन बनेको थियो ।

देश शान्ती प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यलयको टोलीले पुनः नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो। जलेर नष्ट भएका लालपुर्जा १६ वर्ष पछि पाउँदा स्थानीय दगं भएका हुन् । विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको ८ पालीमा एक हजार गग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।

लालपुर्जा लिन सहभागी भएका ७१ वर्षीय सुखदिन मियाले भन्नुभयो,’ जग्गा भएर पनि जग्गा नभएजस्तै भएका थियौं, आज लालपुर्जा पाउँदा खुसी भएका छौं।’ स्थानीयले लालपुर्जा नहुँदा बैंकमा जग्गा धीतो राखेर ऋण लिन पनि सकेको थिएनन् । जिल्लाको ७० प्रतिशत नक्सा तयार पारि सकेकाले अब दुई वर्षमा सबै जिल्लाको नक्सा तयार गर्ने विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताउनुभयो ।

प्रदेश सांसद रामजी घिमिरेले अब आफ्ना बालबालिकालाई पढाउनका लागि जग्गाधनीले लालपुर्जा बैंकमा राखेर पनि पढाउन पाउने बताउनुभयो ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ३ : ३१ बजे