४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश ५ मा रहेका अस्पतालहरुमा औषधी अभाव हुन दिन्न : मन्त्री बराल



मायादेवी अनलाइन, बुटबल
सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश नम्बर ५ मा रहेका अस्पतालहरुमा औषधी अभाव हुन नदिने बताउनुभएको छ् । उहाले औषधी खरिदको लागि स्थानीय तहसगँ समन्यय गरेर काम आगाडी बढि रहेको कतिपय ठाउँमा टेन्डर समेत आह्वान भएकाले औषधी अभाव नहुने बताउनुभएको ।
उहाले प्रदेश पाँचमा पछिल्लो समय स्वस्थ्य क्षेत्रमा ४० प्रतिशत जनशक्ति अभाव रहेको प्रदेश सभालाई जानकारी गराउनुभयो । सोमबार प्रदेशसभा सचिवाल बुटवलमा बसेको बैटकमा उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री बरालले प्रदेश सरकारले करारमा कर्मचारी नियुक्तिको प्रकृया सुरु भएको समेत बताउनुभयो । प्रदेशले कर्मचारी नियुक्त गर्ने अधिकार अनुसार कर्मचारीहरु परिपुर्ति गर्ने क्रममा बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालका लागि आवस्यक २६ जनानर्सहरुको नियुक्त गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
उहाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको लागि ७ करोड, तुल्सीपुर प्रादेशिक अस्पातलका लागि पनि ७ करोड र भेरी अस्पतालको लागि ३ करोड ३६ लाख बजेट छुटाएको बताउनुभयो ।
भौतिक पुर्वधार विकास मन्त्री बैजानाथ चौधरीले प्रदेश नम्बर ५ भवन निमार्ण कार्यलाई व्यवस्थापन तथा नियमन गर्ने सम्वन्धमा बनेको विद्येयक संसदले पास गरेको छ ।
यस अघिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु तुलाराम घर्ति र अष्टभुजा पाठकले विधेयका विषयमा आफ्नो धारण राखेका थिए । प्रदेश सभा आगामी बैठक माघ १३ गते आईतबार बस्ने छ ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ३ : २५ बजे