४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इरानलाई सफलता, एसियन कपको क्वार्टरफाइनल प्रवेश



एजेन्सी । 

ओमानलाई हराउँदै इरान एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तीन पटकको च्याम्पियन इरानले ओमानलाई २–० ले हरायो । इरानलाई जित दिलाउन अलिरेजा जाहानबक्श र अश्कन देजाघले गोल गरेका थिए ।

३२औं मिनेटमा जाहानबक्सले गोल गर्दै इरानलाई अग्रता दिलाए । ४१औं मिनेटमा इरानले पाएको पेनाल्टीलाई देजाघले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै टिमबाट गोल हुन नसक्दा इरान क्वार्टरफाइनलमा पुग्न सफल भयो ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  २ : ४० बजे