४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा ठुलो परिमाणको लागु औषध कारोबारी पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा ठूलो परिमाणमा ४० किलो लागु औषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मतिहारीका २६ बर्षिय ताहिर अलि र सोही स्थानका ३२ बर्षिय मोहम्मद अली रहेका छन् । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा आइतबार साँझ ६ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । हाल मोहम्मद अली कृष्णनगरमा बस्दै आएका थिए । बरामद गरिएको लागु पदार्थ चरेस झण्डै १२ लाख बराबरको बजार मूल्य रहेको प्रहरीले अनुमान गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनीहरुलाई कपिलवस्तु नगरपालिका वडा नं. १ बहादुरगञ्ज जाने चोक तौलिहवाबाट पक्राउ गरेको हो । नयाँ तरिकाबाट ४ वटा ग्लालेनमा झोलामा लुकाई ओसारपोसार गर्ने क्रममा ४० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भई कार्वाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  १ : २५ बजे