४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लियो कपिलवस्तुको जिम्मेवारी ढुङ्गानाको काँधमा



बाणगंगा ।
लियो क्लव अफ कपिलवस्तु २०७५ को जिम्मेवारी युवा व्यक्तित्व हरि ढुंगानाको काँधमा आएको छ । पिस हिमालयन रिसोर्ट वाणगगा ४ ठाकुरापुरमा शनिवार सम्पन्न पहिलो अधिवेशनले दोश्रो कार्यकालको लागि ढुंगानालाई नेतृत्व दिँदै ३५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा मदन पौडेल, द्धितीय उपाध्यक्षमा पाण्डव भण्डारी, तृतीय उपाध्यक्षमा एलिना पौडेल, सचिवमा सागर बञ्जाडे, सहसचिवमा सलिना नेपाल, कोषाध्यक्षमा पदम पौडेल, सह कोषाध्यक्षमा प्रविण गौतम र सदस्यता विस्तार पमुखमा सागर पौडेल चयन हुनुभएको हो ।

लियो २०७४ का अध्यक्ष नबराज घिमिरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको रुपमा लायन्स क्लब अफ कपिलबस्तु अध्यक्ष कृष्ण केसी रहनु भएको थियो । प्रमुख अतिथि केसीले नव निर्वाचित पदाधिकारीलाई बधाई र शुभकामना दिँदै लायन्सको नियम र परिधिमा रहेर काम गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा सुरेन्द्र घिमिरे ,सुमन क्षेत्री ,रामबहादर थापा सागर घिमिरे झबिलाल भट्टराई र लायन्स तथा लियोमा आस्था राख्नेहरुकोसहभागितामा रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  १० : ०९ बजे