४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आगलागीमा १५ लाख बराबरको धनमाल जलेर नष्ट



दाङ ।
बंगालचुली गाउँपालिका वडा नम्बर ७ श्रीखर्क भन्ने गाउँका दुई परिवारको घरगोठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय देवराज पुन र उहाँको छोरा गोपाल पुनको घरगोठमा आगलागी हुँदा दुबैजनाको घरगोठ पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन र आधा तोला सुनसमेत गरी ६ लाख ८० हजार रुपैयाँ जलेर नष्ट भएको छ ।
यसैगरी गोपाल पुनको घरगोठमा आगजनी हुँदा नगद २५ हजारसहित अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन एक तोला, सोलारसमेत ७ लाख ९३ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ९ : ५३ बजे