४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पर्सा ।
वीरगन्ज महानगरपालिका – ३२ स्थित ज्योतिस्पिनिङ्ग नजिक परवानीपुर जितपुर सडकखण्डमा भएको सवारी दूर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। पर्साको परवानीपुर सडकखण्डबाट जितपुर तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट अगाडी गइरहेको ट्रकले ठक्कर दिंदा परिचय नखुलेको मोटरसाइकल चालकको मृत्यु भएको हो। परिवानीपुरबाट जितपुर तर्फ जाँदै गरेको ना ६ ख २९०८ नम्बरको ट्रकले सोही दिशाबाट अगाडी गइरहेको ना १६ प १०९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटर साइकल चालकको घटनास्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। ट्रक चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ६ : १२ बजे