४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली र म्यानमारका कामदारबीच ग्याङ फाइट, छुट्याउन गएका नेपाली सुरक्षा गार्डको हत्या



काठमाडौँ ।
मलेसियाको राजधानी केपोङ्गमा शनिबार बेलुकी एउटै कम्पनीमा कार्यरत म्यानमार र नेपालीबीच विवाद हुँदा छुरा प्रहारबाट एक नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली सख्त घाइते भएका छन् ।

मृत्यु हुनेमा ललितपुरको कोन्चेसोम गाउपालिका वडा नम्बर ३ का इन्द्र तामाङ रहेका छन् । उनी अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा कार्यरत थिए । नेपाली र म्यानमार नागरिक बीच भएको झगडा छुट्याउने क्रममा उनीमाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट घाइते भएका उनको घटनास्थलमै ज्यान गएको बताइएको छ । अर्का घाइते हुनेमा झापाका लाल बहादुर लिम्बू रहेका छन् । उनलाई राति नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने घटनालगत्तै फरार रहेका मलेसियाबाट नेपाली पत्रकार सुनाखरी मगरले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ६ : ०९ बजे